
काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आज सभामुख देवराज घिमिरेसँग भेट गर्दै आफ्नो सांसद पद निलम्बन फुकुवाका लागि निवेदन दिएका छन् ।
सिंहदरबारस्थित सभामुख घिमिरेको कार्यकक्षमा भएको उक्त भेटमा सभापति लामिछानेले सभामुख घिमिरेसमक्ष निलम्बन फुकुवाका लागि निवेदन बुझाए । सभापति लामिछानेले आफू थुनामुक्त भएको व्यहोरा उल्लेख गर्दै निलम्बन फुकुवाको निवदेन बुझाएका छन्। सभापति लामिछानेसँगै उपसभामुख इन्दिरा राना, रास्वपाका कार्यवाहक सभापति डोलप्रसाद अर्याल, उपसभापति डा. स्वर्णिम वाग्ले, प्रमुख सचेतक सन्तोष परियारलगायतका सांसदहरुले सभामुख घिमिरेलाई भेटेका थिए ।
संघीय संसदको हिउँदे अधिवेशन आजदेखि सुरु हुँदैछ । निलम्बित सांसद लामिछानेले संसदको बैठकमा सहभागी भई विधायिकाको जिम्मेवारी बहन गर्न मार्ग प्रशस्त गर्न वातावरण मिलाइ दिन सभामुख घिमिरेसमक्ष अनुरोध गरे । प्रतिनिधिसभा सदस्य लामिछानेलाई गत पुस ८ गते प्रतिनिधिसभा सचिवालयले सांसद पदबाट निलम्बन गरेको थियो ।