काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौं महानगरपालिकालाई खुरुक्क १ लाख रूपैयाँ जरिवाना तिरेको छ । आइतबार पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा उत्रिएका राप्रपा समर्थकले विभिन्न स्थानमा फोहोर गरेको र भौतिक संरचनामा क्षति पुर्याएको भन्दै महानगरले १ लाख रुपैयाँ जरिवाना तोकेको थियो ।

नेकपा (एमाले)ले गत मंसिर ७ गते काठमाडौंको दरबारमार्गमा जागरणसभाको नाममा शक्ति प्रदर्शन गरेका बेला पनि महानगरले त्यहाँका संरचनामा कार्यकर्ताले क्षति पुर्याएको र जथाभावी फोहोर फालेको भन्दै १ लाख रुपैयाँ जरिवाना गरेको थियो । महानगरको उक्त कदमको एमालेका नेतादेखि कार्यकर्तासम्मले चर्को आलोचना थिए । सभाका क्रममा फोहोर गरेको भन्दै महानगरले जरिवाना लगाएको पत्र बुझ्नै एमालेले अस्वीकार गरेको थियो ।

सोही जरिवाना राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाही आफैं पुगेर महानगरलाई बुझाएका हुन् । यसअघि, आइतबार नै महानगरपालिकाले पार्टीलाई एक पत्र लेख्दै जरिवाना गरेको बताएको थियो ।

राप्रपाले आयोजना गरेको कार्यक्रममा सहभागीहरुबाट एयरपोर्ट, तिलगंगा, गौशाला लगायत सार्वजनिक क्षेत्रका सडक, सडकपेटी तथा आइल्यान्ड र सोमा रहेका विरुवाहरु साथै रेलिङमा क्षति र जथाभावी रुपमा फोहोरमैला गरेको पनि महानगरले राप्रपालाई लेखेको पत्रमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय