
काठमाडौं– संसद्को बैठकमा यौन व्यवसायलाई कानुनी मान्यता दिनुपर्ने अभिव्यक्ति दिएका नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले क्षमायाचना गरेका छन् । उनले संसद्मा आफूले व्यक्त गरेको अभिव्यक्तिको आत्मसमीक्षा गर्दै क्षमा याचना गरेका हुन् ।
प्रतिनिधिसभाको बुधबारको बैठकको आकस्मिक समयमा उनले यही चैत ३ गतेको बैठकमा व्यक्त गरेको विचारप्रति क्षमा याचना गरे। त्यस दिन प्रमुख सचेतक घिमिरेले यौन व्यवसायलाई कानुनी मान्यता दिनुपर्ने विचार राखेका थिए ।
उक्त अभिव्यक्ति आफूले प्रतिनिधत्व गरेको नेपाली कांग्रेस र संसदीय दलको नभएको तथा त्यो आफ्नो व्यक्तिगत धारणा भएको पनि उनले बताउ । ‘मेरा विचारले सम्मानित संसद्का सदस्य र अन्य जनसमुदायमा केही नकारात्मक प्रभाव परेको भए उहाँहरुको सम्मान गर्दै क्षमा याचना गर्न चाहन्छु,’ सांसद घिमिरेले भने ।