
चितवन– गत वर्षको तुलनामा यो वर्ष चितवनमा क्षयरोगीको संंख्या बढेको पाइएको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार चालु आर्थिक वर्षको फागुनसम्ममा जिल्लामा भेटिएका ५०८ जना क्षयरोगीमध्ये २८९ जना भरतपुर महानगरका छन् ।
रत्ननगर नगरपालिकाका ६१, खैरहनी नगरपालिकाका ४१, कालिका नगरपालिकाका ३६, राप्ती नगरपालिकाका ५३, माडी नगरपालिकाका १७ र इच्छाकामना गाउँपालिकाका ११ जनामा क्षयरोगको संक्रमण देखिएको हो ।
उनीहरूमध्ये ७१ जना पुरानामा पुनः यो रोग देखिएको छ । यो रोग जिल्लामा गत आवमा एक हजार एक सय ३९ जनामा देखिएको थियो । १६१ जना पुराना बिरामी हुन् भने अन्य नयाँ बिरामी रहेको उनले बताए ।
गत आर्थिक वर्षमा भेटिएका बिरामीमध्ये ६०९ जना भरतपुर महानगरपालिकाका थिए । यसैगरी, रत्ननगरका १०५, खैरहनीका १०३, कालिकाका ९६, राप्तीका १२५, माडीका ५७ र इच्छाकामनाका ४४ जना रहेका थिए ।