
काठमाडौं– राजतन्त्रवादीले काठमाडौंको तीनकुनेमा आयोजना गरेको प्रदर्शनका क्रममा प्रहरीले केही व्यक्तिलाई गिरफ्तार गरेको छ । प्रहरीको ब्यारिकेड तोडेर बानेश्वरतर्फ प्रवेश गर्न खोजेपछि उनीहरुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंंले जनाएको छ ।
प्रहरीले राजतन्त्रवादीलाई बानेश्वर जानबाट रोक्ने अश्रुग्याँस र लाठी प्रहार गरेको छ ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ र नवराज सुवेदी नेतृत्वको ‘राजसंस्था पुनर्स्थापना लागि संयुक्त जनआन्दोलन समिति’लाई स्थानीय प्रशासनले तीनकुनेमा प्रदर्शन गर्न अनुमति दिएको छ । तर, प्रदर्शनकारीहरु त्यहाँबाट बानेश्वरतर्फ जान खोजेपछि तनाव उत्पन्न भएको प्रहरकिो भनाइ छ । यता गणतन्त्रका पक्षधर समूहले प्रदर्शनीमार्गमा गरेको प्रदर्शन भने शान्तिपूर्ण रहेको बताइएको छ ।