
काठमाडौं– राजावादीहरुको विरोध प्रदर्शनस्थल तीनकुनेमा प्रहरी र प्रदर्शनकारीबीच तनाव बढेपछि स्थानीयको घरमा तोडफोड र आगजनी भएको छ ।
प्रहरीले प्रदर्शनकारीले निजी घरमा तोडफोड र आगजनी गरेको बताएको छ । राजसंस्था पुनर्स्थापनका लागि प्रदर्शनमा आएकाहरूले निजी घरमा आगजनी र तोडफोड गरेको प्रहरीको भनाइ छ।
ती घरमा बसेर प्रहरीले अश्रुग्यास हानेको आरोप लगाउँदै प्रदर्शनकारीले घरमा तोडफोड गरेको हो । तर प्रहरीले ती घरमा बसेर अश्रुग्यास प्रहार नगरेको दाबी गरेको छ।
राजसंस्था पुनर्स्थापना पक्षधरले तीनकुने क्षेत्रका तीन वटा निजी घरमा तोडफोड गरेको बताइएको छ ।