काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अधिकांश देशबाट आयात हुने वस्तुमा लागू गरेको थप कर अचानक रोकेका छन् । यसले बिहीबार विश्व बजारमा उत्साह जगाएको छ । तर, ट्रम्पले चीर प्रतिद्वन्द्वी चिनियाँ वस्तुमा लगाएको भन्सार भने रोकेका छैनन् ।

ट्रम्पले लगभग सबै मुलुकबाट आयात हुने वस्तुमा बढाएको भन्सार शुल्क लागि ९० दिनका लागि रोकिएको घोषणा गरेपछि केही दिनको उथलपुथलपछि वालस्ट्रिट र एसियाभरिका सेयर बजारमा ठूलो उछाल देखिएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले उल्लेख गरेका छन्।

ट्रम्पले ‘सम्मानको कमी’का कारण चीनमाथि कर बढाएर १२५ प्रतिशत पुर्‍याएको बताएका छन् । बेइजिङले अमेरिकी वस्तुमा ८४ प्रतिशत प्रतिशोधात्मक भन्सार शुल्क लगाएर प्रतिकार गरेको छ । चीनले घोषणा गरेको भन्सार बिहीबार मध्याह्न पछि लागू भएको छ ।

ट्रम्पले पत्रकारहरूसँगको कुराकानीमा ‘लचिलो हुनुपर्छ’ भन्दै भन्सार शुल्कहरूबाट पछि नहट्ने कुरा बताएका छन् ।

‘मानिसहरू अलिकति रेखाबाट बाहिर उफ्रिरहेका थिए, उनीहरू यिप्पी भइरहेका थिए, अलिकति डराइरहेका थिए,’ ट्रम्पले भने । ‘यिप्पी’ खेलकुदमा स्नायुहरूमा भएको क्षति बर्णन गर्ने शब्द हो ।

उनले आफ्नो निर्णय गर्नुअघि नै महत्त्वपूर्ण अमेरिकी बन्ड बजारको ‘धेरै जटिल’ अवस्थामा पुगेको बताए । ‘मैले गत रात मानिसहरू अलि वाक्क भइरहेको देखें,’ ट्रम्पले भने, ‘अमेरिकी स्टक बिक्रीको समयमा अमेरिकी बन्ड प्रतिफल बढ्दै जाँदा–अमेरिकी सार्वभौम सरकारी ऋणलाई सामान्यतया संकटको समयमा लगानीकर्ताहरूका लागि सुरक्षित आश्रयका रूपमा हेरिएको छ ।’

ट्रम्पले अमेरिकी सामानहरूमा प्रतिशोधात्मक भन्सार शुल्क फिर्ता लिन अस्वीकार गरेका चीनसहित सबै देशसँग व्यापार सम्झौता हुने भविष्यवाणी पनि पनि गरेका छन् ।
‘चीनसँग एउटा सम्झौता हुन गइरहेको छ । तिनीहरू प्रत्येकसँग एउटा सम्झौता हुन गइरहेको छ,’ ट्रम्पले भने, ‘यद्यपि चिनियाँ नेताहरूलाई यसको बारेमा कसरी जाने भनेर थाहा छैन ।’

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय