काठमाडौं– आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनको लागि ३ हजार ४८६ जनाको उम्मेदवारी दर्ता भएको छ । निर्वाचन निर्वाचन आयोगका अनुसार केही क्षेत्रमा एकै पार्टीबाट दुई उम्मेदवारीसमेत परेको स्थितिमा रुजु गर्दा प्रारम्भिक सूचीमा सामान्य परिवर्तन आएको छ ।
यही माघ ६ गते देशभर एकैपटक मनोनयनपत्र दर्ता सम्पन्न भएको थियो । कुल ३ हजार ४८६ उम्मेदवारीमा पुरुष ३ हजार ८९, महिला ३९६ र तेस्रो लिंगी एक जना छन् । दर्ता भएका उम्मेदवारका बारेमा आज योग्यतासम्बन्धी प्रश्न भएमा उजुरी दिन सकिने आयोगले जनाएको छ ।
पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) निर्वाचन प्रणालीतर्फ देशका १६५ निर्वाचन क्षेत्रमा चुनाव हुँदै छ । यही क्रममा समानुपातिकतर्फ पनि मतदान हुनेछ ।









