काठमाडौं– पश्चिम एसियामा इजरायल र अमेरिका मिलेर इरानमाथि हमला गरेपछि सुरु भएको युद्ध झन् चर्किने संकेत देखिएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई ४८ घन्टाभित्र हर्मुज जलमार्ग खुला नगरे उसका ऊर्जा प्लान्ट (विद्युत् केन्द्र) माथि आक्रमण गर्ने चेतावनी दिएपछि युद्ध शान्त हुनुको साटो झन् चर्किने सम्भावना बढेको हो ।
ट्रम्पले विद्युत् केन्द्र ध्वस्त पार्ने धम्की दिएपछि इरानले पनि आफ्ना ऊर्जा केन्द्रमा आक्रमण गरे मध्यपूर्वमा रहेका अमेरिकासम्बद्ध ऊर्जा पूर्वाधारमाथि आक्रमण गर्ने जवाफी चेतावनी दिएको छ ।









