काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य आज प्रतितोला ८ हजार रुपैयाँले वृद्धि भई २ लाख ९६ हजार कायम भएको छ । अघिल्लो कारोबार दिन सुनको मूल्य प्रतितोला २ लाख ८८ हजार रुपैयाँ थियो ।

यसैगरी, चाँदीको मूल्य प्रतितोला ९५ ले बढेर ४ हजार ५७० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ४७५ मा कारोबार भएको थियो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔंस ४ हजार २६५ र चाँदीको मूल्य प्रतिऔंस ६२ अमेरिकी डलर कायम भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय