काठमाडौं– प्रतिनिधिसभामा यही भदौ १० गते प्रधानमन्त्री वालेन्द्र शाहसँग सांसदहरुको प्रत्यक्ष प्रश्नोत्तर हुने कार्यक्रम तय गरिएको छ ।

सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री शाहसँग प्रतिनिधिसभामा प्रश्नोत्तरको कार्यक्रम तय गरिएको जानकारी दिएका हुन् ।

संसद् बैठकहरुमा नजाने, सांसदहरुले सोधेका प्रश्नको जवाफ नदिने लगायत कारणले आलोचना बढिरहेका बेला प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम तय भएको छ । यसअघि शाहले एकपटक मात्र संसद्मा जवाफ दिएका छन् ।

जवाफका क्रममा प्रधानमन्त्री शाहले नेपालले पनि भारतको सीमा मिचेको बताएपछि उनको चौतर्फी आलोचना भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय