धनगढी– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले प्रदेशसभाबाट विश्वासको मत पाएका छन् ।

सुदूरपश्चिम प्रदेशसभाको आजको बैठकमा विश्वासको मतसम्बन्धी मुख्यमन्त्री भट्टले राखेको प्रस्तावमा मत विभाजन गर्दा प्रस्तावको पक्षमा ३१ मत प्राप्त भएको सभामुख भीमबहादुर भण्डारीले सभालाई जानकारी गराए ।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रदेशसभा संसदीय दलका नेता भट्टलाई नेपाल कम्युनिस्ट पार्टी (एमाले) को समर्थन रहेको छ । प्रदेशसभामा नेकपाका २२ प्रदेशसभा सदस्य रहेका छन्, जसमा सभामुख र एक सदस्य निलम्बित अवस्थामा छन् । यस्तै, एमालेका ११ प्रदेशसभा सदस्य छन् ।

मुख्यमन्त्री भट्टको विपक्षमा १५ मत परेको छ । यहाँ विपक्षमा नेपाली कांग्रेसका १४ र राप्रपाका एक प्रदेशसभा सदस्य रहेका छन् । आजको बैठकमा कांग्रेसका पदम शाही, मानबहादुर रावल र मधु भारती अनुपस्थित थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय