काठमाडौं– सरकारले नेपाल राष्ट्र बैंकको रिक्त डेपुटी गभर्नरमा दीर्घबहादुर रावललाई नियुक्त गरेको छ ।
बुधवारको मन्त्रिपरिषद् बैठकले रावललाई डेपुटी गभर्नर नियुक्त गर्ने निर्णय गरेको स्रोतले जनाएको छ । रावल केन्द्रीय बैंकको बैंक सुरपरीवेक्षण विभाग प्रमुखका रुपमा कार्यरत थिए ।
उनले राष्ट्र बैंकमा १३ वर्ष काम गरिसकेका छन् ।
रिक्त दुई डेपुटी गभर्नरमध्ये पदमध्ये एउटामा सरकारले गत चैतमा किरण पण्डितलाई नियुक्त गरेको थियो ।









