काठमाडौं– रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई नगद लाभांश दिने भएका छ ।

भदौ २९ गते सम्पन्न कम्पनी सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पुँजीको ३० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि लगानीकर्ताले घोषित लाभांश पाउनेछन् ।

कम्पनीले आफ्नो ३२औं वार्षिक साधारणसभा आगामी असोज २२ काठमाडौंमा बस्ने गरी आह्वान गरेको छ । सो साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले असोज १४ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ।

यस अनुसार असोज १३ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीले कम्पनीको आसन्न साधारणसभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय