काठमाडौं– पदको लोभमा आफ्नो पार्टी छाडेर प्रधानमन्त्री ओलीको पछि लागेका माओवादी केन्द्रका चार सांसदको पद गएको छ ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले मन्त्रीसमेत रहेका टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले अन्य दलको राजनीतिक गतिविधिमा संलग्न्न भई केन्द्रीय सदस्य स्वीकार गरी दल त्याग गरेको भनी माओवादी केन्द्रले संघीय संसद् सचिवालयमा निवेदन दिएकाले पद रिक्त रहेको जानकारी गराए ।

उनीहरुको संघीय सांसद पद राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३४ (१) बमोजिम खारेज भएको हो । गृहमन्त्री रहेका रामबहादुर थापाको पद भने माओवादी केन्द्रले खारेज गरेको छैन ।

हालको कानुन अनुसार पार्टीले आफ्नो दलबाट निर्वाचित वा मनोनित सांसदको पद खारेज गरिदिन सक्छ ।

सांसद पद गुमाउने लेखराज भट्ट उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री छन् भने गौरीशंकर चौधरी श्रम तथा रोजगार मन्त्री छन् ।

प्रभु शाहलाई प्रधानमन्त्रीले ओलीले सहरी विकास मन्त्री बनाएका छन् ।

अर्घाखाँचीबाट सांसद निर्वाचित टोपबहादुर रायमाझीलाई पार्टीलाई धोका दिएर आफूपट्टि आएबापत प्रधानमन्त्री ओलीले ऊर्जा मन्त्रालय जिम्मा दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय