भैरहवा– लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)ले प्रदेश संसदमा पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका हुन् ।

अविश्वास दर्ता गराउने सांसदहरुले हालका आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीलाई मुख्यमन्त्रीमा प्रस्ताव गरेका छन् । सोमबार ४१ सांसदको हस्ताक्षरसहित अविश्वासको प्रस्ताव दर्ता गरिएको छ । लुम्बिनी प्रदेश सभामा ८५ सदस्य छन् ।

प्रदेश सभा सदस्य इन्द्रजित चौधरीका अनुसार माओवादी केन्द्रका १७, कांग्रेसका १९ र जसपाका ५ सांसदले अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका छन् । जसपाका एक सांसदले भने हस्ताक्षर गरेका छैनन् । राष्ट्रिय जनमोर्चाका एक सांसदले पनि हस्तक्षर गरेका छैनन् ।

संसदमा बहुमतका लागि ४३ मत आवश्यक पर्छ । मुख्यमन्त्री पोखरेलसँग ४१ मत मात्रै छ । एमालेका असन्तुष्टले मत नदिए उनले ४१ मत पनि पाउँदैनन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय