धनगढी– सुदूरपश्चिम प्रदेश एमाले संसदीय दलले त्यहाँको प्रदेश सरकारलाई विश्वासको मत दिने भएको छ । मंगलबार बिहान सम्पन्न प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशसभामा पेस गर्ने विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेको हो ।

सुदूरपश्चिमको प्रदेश सभामा ५२ सदस्य छन् । सरकारलाई बहुमत पुग्न २७ जनाको समर्थन चाहिन्छ । प्रदेशसभामा नेकपा माओवादी केन्द्रका १३ सांसद छन् । सबैभन्दा ठूलो दल एमालेका २५ सांसद छन् । एमाले संसदीय दलमा खनाल–नेपाल पक्षको बहुमत छ ।

ओली पक्षको प्रदेश कमिटीले विश्वास मतको विपक्षमा मतदानको ह्विप जारी गर्न संसदीय दललाई निर्देशन दिए पनि संसदीय दलले पक्षमा मतदान गर्ने निर्णय गरेको छ ।

एमाले संसदीय दलको निर्णय अनुसार मतदान भएमा मुख्यमन्त्री भट्ट नेतृत्वको सरकार सुरक्षित रहन्छ । ओली पक्षले फ्लोर क्रस गरेको अवस्थामा समेत प्रदेश सरकारले खनाल–माधव पक्षका सांसदकै समर्थनमा विश्वासको मत हासिल गर्न सक्छ ।

सुदूरपश्चिम प्रदेशसभामा कांग्रेसका १२ र जसपाका दुई सांसद छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय