धनगढी– सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत पाएका छन् ।

५२ सदस्यीय प्रदेश सभाका ३० सांसदले भट्टलाई विश्वासको मत दिएका हुन् । उनलाई माओवादीका १३ र एमालेका १७ सांसदले विश्वासको मत दिए । विपक्षमा ९ मत परेको छ । नेपाली कांग्रेस सांसद मतदान प्रक्रियामा सहभागी भएनन् ।

प्रदेश सरकारमा सहभाग एमालेकै कारण विश्वासको मत लिन बाध्य भएका भट्टलाई एमालेकै नेपाल–खनाल पक्षधर सांसदले विश्वासको मत दिएपछि उनको सरकार जोगिएको छ ।

माओवादी र एमालेले मुख्यमन्त्रीलाई समर्थन गर्ने निर्णय औपचारिक निर्णय गरेका थिए । कांग्रेसले आवश्यकता अनुसार विश्वासको मत दिने निर्णय गरेको थियो । आफूले मतदान नगरे पनि मुख्यमन्त्रीको पक्षमा विश्वासको मत पुग्ने भएपछि कांग्रेस मतविभाजनमा सहभागी नभएको हो ।

५२ सदस्यीय प्रदेशसभामा विश्वासको मतका लागि २७ जनाको समर्थन आवश्यक हुन्थ्यो । मतदानमा ५१ प्रदेशसभा सदस्य सहभागी भएका थिए । एमालेका ओली पक्षधर ७ र जसपाका दुई प्रदेश सांसद विश्वासको मतको विपक्षमा उभिएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय