काठमाडौं– भूतपूर्व गोर्खा सैनिककी छोरी अस्मिता आलेले बेलायतको सुपरिचित फुटबल क्लब टोटेनह्यामबाट खेल्ने भएकी छिन् । उनले सन् २०२३ सम्मका लागि क्लबमा आबद्ध रहने गरी हालै सम्झौता गरेको प्राप्त समाचारमा जनाइएको छ । यसअघि एस्टोन भिल्लामा सन् २०२१ र २०२२ का लागि अनुबन्धित थिइन् ।

वुमन सुपर लिगमा भिल्लाबाट सहभागी भएकी १९ वर्षीया आले उक्त क्लबबाट १८ वटा खेलमा सहभागी भइन् । आले १९ वर्षमुनिका महिला सहभागी हुने ‘युरोपियन च्याम्पियन फाइनल्स’ का लागि सन् २०१९ मा स्टकटल्यान्डमा भएको खेलमा इङ्ल्यान्डको तर्फबाट सहभागी समेत भएकी थिइन् ।

आफ्नो क्लबमा अनुबन्धित भएपछि टोटेनह्यामले अस्मितालाई क्लबले पाउनु खुसीको कुरा रहेको र उनले क्लबको प्रतिनिधित्व गर्दै १३ नम्बरको जर्सी लगाउने बताएको छ । छोटो समयमा महिला फुटबल क्षेत्रमा उच्च स्थानमा पुग्न सफल भिल्लामा रहँदा राम्रो प्रदर्शन गरेको भनी टोटेनह्यामले प्रशंसासमेत गरेको छ ।

टोटेनह्याममा अनुबन्ध भएपछि बोल्दै अस्मिताले क्लबको नाम निकै उच्च रहेको र क्लबका प्रशिक्षक रेहानीसँग थुप्रै कुरा सिक्ने र अघि बढ्दै टोलीलाई अग्रस्थानमा लैजाने बताइन् । क्लबका प्रमुख प्रशिक्षक रेहानीले केही वर्षको अन्तरालमै निकै राम्रो गर्न सफल अस्मिता एक शानदार युवा खेलाडी रहेको उनीसँग धेरै क्षमता रहेको कुरा उनका यसअघिका खेल योगदानले देखाइसकेको बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय