काबुल– विद्रोही तालिबान राजधान प्रवेश गर्न तयार भएपछि अफगान राष्ट्रपति असरफ घानी मुलुक छाडेर भागेका छन् । अफगानिस्तानका प्रमुख शान्ति मध्यस्थकर्ता अब्दुलाह अब्दुल्लाहका अनुसार उनी छिमेकी ताजिकिस्तानतर्फ पलायन भएका छन् ।

‘अफगानिस्तानका पूर्वराष्ट्रपतिले मुलुक छाड्नुभएको छ,’ हाई काउन्सिल फर नेसनल रिकन्सिलिएसनका प्रमुख अब्दुल्लाहले आफ्नो फेसबुक पेजमा राखेको एउटा भिडियोमा भनेका छन् ।

अफगान सत्ता शान्तिपूर्ण रुपमा विद्रोही तालिबानलाई हस्तान्तरण गर्न छलफल चलिरहेकै बेला राष्ट्रपति घानी देश छाडेर भागेका छन् । दुई हप्ता भन्दा कम समयमा देशका ३४ मध्ये २६ वटा प्रान्तीय सदरमुकाम नियन्त्रणमा लिइसकेको तालिबानका लडाकुले आइतबार राजधानी काबुललाई घेराबन्दी गरेकै बेला राष्ट्रपति पलायन भएका छन् ।

यसैबीच, एकजना तालिबान अधिकारीले घानीले देश छाडेको भन्ने समाचारहरुको पुष्टि गर्न खोजिरहेको बताएका छन् । आइतबार तालिबान सेनाले अफगान राजधानी घेरेको थियो । उसले आफ्ना लडाकुहरुलाई हिंसा नमच्चाउन र काबुल छाड्न चाहनेलाई सुरक्षित रुपमा जान दिन निर्देशन दिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय