काठमाडौं– अफगानिस्तानको सत्ता २० वर्षदेखि विद्रोह गर्दै आएको ताबिलानको नियन्त्रणमा पुगेको छ । २० वर्षअघि अमेरिकाको सहयोगमा अफगान सत्ताबाट तालिबानको हातबाट खोसिएको थियो ।

आफ्ना लडाकुहरु राजधानी काबुल प्रवेश गरिसकेको र पदासिन राष्ट्रपति असरफ घानी मुलुक छाडेर भागिसिकेकोले अफगानिस्तानको युद्ध समाप्त भएको तालिबानले घोषणा गरेको छ ।

हातहतियार सुसज्जित तालबान लडाकुहरु राजधानी प्रवेश गरी राष्ट्रपतिले छाडेर हिँडेको राष्ट्रपति भवन प्रवेश गरेपछि र पश्चिमा मुलुकहरुले आफ्ना नागरिकलाई फिर्ता लग्न थालेपछि राजधानी काबुलका बासिन्दा भने त्रसित छन् ।

सयौं अफगान नागरिक मुलुक छोड्न काबुल विमानस्थलमा ओइरिएका छन् । तालिबानको राजनीतिक कार्यालयका एकजना प्रवक्ताले आफूहरु विश्वबाट एक्लिएर बस्न नचाहेको र अब बन्ने अफगान सरकारको स्वरुप चाँडै प्रस्ट पारिने बताएको अरब क्षेत्रको लोकप्रिय सञ्चारमाध्यम अल जजिराले जनाएको छ ।

मोहम्मद नाइम नामका ती प्रवक्ताले शान्तिपूर्ण अन्तर्राष्ट्रिय सम्बन्धका लागि आग्रह पनि गरेका छन् । ‘ईश्वरलाई धन्यवाद ! मुलुकमा युद्ध टुंगिएको छ,’ उनले भने ।

‘हामी हामीले चाहेको हाम्रो मुलुकको मुक्ति र हाम्रा जनताको स्वतन्त्रतामा पुगेका छौं,’ उनले भने, ‘हामी हामी हाम्रो भूमिका कसैलाई निशाना बनाउने प्रयोजनका लागि प्रयोग हुन दिने छैनौं र हामी अरुलाई हानि पुर्याउन पनि चाहँदैनौं ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय