काठमाडौं– यार्सागुम्बा खोज्न मनाङ पुगेका सातजना गोर्खाली युवाको ज्यान लिनेलाई सरकारले आममाफी दिएको छ ।

मनाङ जिल्ला कारागारमा कैद भुक्तान गरिरहेका पाँचजनाको बाँकी कैद सरकारले मिनाहा गरेको हो । उनीहरु कर्तव्य ज्यान मुद्दामा कैद सजाय भोगिरहेका थिए ।

संविधान दिवसको अवसरमा कर्तव्य ज्यान मुद्दामा सामूहिक हत्यामा संलग्न भई जिल्ला कारागार मनाङमा कैद सजाय भुक्तान गरिरहेका पाँच बन्दीको कैद मिनाहा गरिएको हो ।

जिल्ला कारागार मनाङका जेलर गणेश न्यौपानेका अनुसार उनीहरुले तोकिएको सजायमध्ये आधा भुक्तान गरिसकेका छन् ।

कर्तव्य ज्यान मुद्दामा नार्पाभूमि गाउँपालिका (साबिक नार गाविस)का सोनाम लामा, छो सोनाम लामा, कर्मा वाङ्गेल लामा, नंगाधावा लामा र ङिमा छवाङ लामाको बाँकी कैद सरकारले मिनाहा गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय