काठमाडौं– पछिल्लो समय नेपालमा कोरोना संक्रमण दर ७ प्रतिशतभन्दा तल ओर्लेको पछिल्लो तथ्यांकले देखाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार सार्वजनिक गरेको विवरण अनुसार नेपालमा परीक्षण गराएकामध्ये ६ प्रतिशतभन्दा थोरै बढीमा मात्रै कोरोना संक्रमण देखिएको छ ।

पछिल्लो २४ घन्टामा १३ हजार ७३६ नमुना परीक्षण गर्दा देशभर ८३४ जनामा मात्र कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा देशभरका विभिन्न प्रयोगशालामा १३ हजार ७३६ नमूनामा कोरोना परीक्षण गरिएको थियो । परीक्षणको अनुपातमा संक्रमण दर ६ प्रतिशतभन्दा अलिकति मात्र बढी हो ।

आठ हजार ५८९ जनाको पिसिसार परीक्षण गर्दा ७३० र पाँच हजार १४७ जनाको एन्टिजेन परीक्षण गर्दा १०४ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घन्टामा देशभर एक हजार २७९ जना संक्रमणमुक्त भएका छन् । यस अवधिमा नौ संक्रमितको मृत्यु भएको छ ।

देशभर १९ हजार १४२ जना सक्रिय संक्रमित छन् । १७ हजार ८१३ होम आइसोलेसनमा तथा एक हजार ३२९ जना संस्थागत आइसोलेसनमा छन् । त्यस्तै ३६८ सघन कक्षमा र १२० जना भेन्टिलेटरमा छन् । देशभर २३० संक्रमित क्वारेन्टिनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घन्टामा देशभर एक लाख दुई हजार ३०१ ले कोरोना विरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय