काठमाडौं– राजधानी उपत्यकामा लक्षित जनसंख्याको ७३ प्रतिशतले कोरोना भाइरसविरुद्धको खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रायका सहप्रवक्ता डा समीरकुमार अधिकारीले हालसम्म उपत्यकामा पहिलो मात्रा खोप ७६ प्रतिशत र पूर्ण मात्रा ७३ प्रतिशतले लगाएको जानकारी दिए । उपत्यकामा खोपलक्षित जनसंख्या २१ लाख २९ हजार ७७३ छ ।

उनका अनुसार काठमाडौं जिल्लामा पहिलो मात्रा ७८ प्रतिशत र पूर्णमात्रा ७४ प्रतिशतले लगाएका छन् । काठमाडौंमा खोप लगाउने लक्षित जनसंख्या १५ लाख थियो ।

यस्तै, भक्तपुरमा पहिलो मात्रा ६३ प्रतिशत र पूर्णमात्रा ७५ प्रतिशत, ललितपुरमा पहिलो मात्रा ७६ प्रतिशत र पूर्ण मात्रा ६९ प्रतिशतले लगाइसकेका छन् । भक्तपुरमा दुई लाख ४६ हजार ८५१ जना र ललितपुरमा तीन लाख ८२ हजार ८६० जना खोप लगाउने लक्षित जनसंख्या छ । सरकारले असोज मसान्तभित्र ३३ प्रतिशत, पुस मसान्तसम्म दुई तिहाइ र चैत मसान्तभित्र सबै लक्षित जनसंख्यालाई खोप लगाउने लक्ष्य लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय