काठमाडौं– नेपालमा पछिल्लो २४ घन्टामा ८६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार आठ हजार २१९ जनाको नमूना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।

आज थपिएकासँगै देशभर सक्रिय संक्रमित १७ हजार ६४२ जना पुगेको छ । सो अवधिमा एक हजार १२३ संक्रमणमुक्त भएका छन् । यससँगै नेपालमा संक्रमणमुक्त हुनेको संख्या सात लाख ६७ हजार ८१९ छ । नेपालमा संक्रमणमुक्त हुने दर ९६.४ प्रतिशत छ ।

यस्तै, कोभिड–१९ बाट पछिल्लो २४ घन्टामा नौ जनाको मत्यु भएको छ । हालसम्म संक्रमणबाट ११ हजार १५७ जनाको मृत्यु भइसकेको छ । हाल देशभर ३५० सघन उपचारकक्ष (आइसियू), ११२ भेन्टिलेटर, १६ हजार ३७१ होम आइसोलेसन, एक हजार २७१ संस्थागत आइसोलेसन र २३९ जना क्वारेन्टिनमा रहेका छन् ।

शनिबार ८३ हजार ३७३ जनाले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् । नेपालमा हालसम्मा सात लाख ९६ हजार ६१८ जनाको पिसिआर विधिबाट गरिएको परीक्षणमा पोजेटिभ देखिएको छ भने ९१ हजार ९२९ एन्टिजेन विधिमा कारेरोना देखिएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय