काठमाडौं– मुलुकमा पछिल्लो २४ घन्टामा ४७१२ नमूना परीक्षण गर्दा २७२ नमूनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमितमध्ये सबैभन्दा धेरै काठमाडौंमा ८९, ललितपुरमा १८ र भक्तपुरमा ११ जना छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ८ जनाको कोरोना संक्रमणबाट निधन भएको छ । नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या अब ११ हजार २७७ पुगेको छ ।

यसैगरी, यो २४ घन्टामा ७७७ जना संक्रमणमुक्त भएको मन्त्रालयको भनाइ छ । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ७ लाख ७९ हजार ९३१ पुगेको छ । यो कुल संक्रमितको ९६.९ प्रतिशत हो । अर्थात नेपालमा कोरोना निको हुने दर ९६.९ प्रतिशत छ ।

हाल नेपालमा सक्रिय संक्रमितको संख्या १३ हजार ३०८ छ । तीमध्ये १२ हजार २५० जना होम आइसोलेसनमा, १ हजार ५८ जना संस्थागत आइसोलेसनमा, ३०७ जना आइसियू र १०१ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको् छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय