विदुर– नुवाकोटको तारकेश्वर गाउँपालिका, वडा नम्बर ४ का वडाध्यक्ष राममणि अधिकारीको निधन भएको छ । कोरोना संक्रमणपछिको जटिलताको उपचारका लागि काठमाडौंको मनमोहन अस्पतालमा भर्ना भएका ७७ वर्षीय अधिकारीको आइतबार विहान निधन भएको गाउँपालिकाका अध्यक्ष रमेशबहादुर वस्तीले जानकारी दिएका छन् ।

गत असार दोस्रो साता संक्रमणपछिको अवस्था गम्भीर भएसँगै उनलाई अस्पताल भर्ना गरिएको थियो । कोरोनामुक्त भए पनि फोक्सो र कलेजोमा समस्या देखिएर अस्पतलामा उपचारत थिए ।

नेकपा (एमाले)बाट वडाध्यक्षमा निर्वाचित उनी यसअघि सोही पार्टीबाट हाल वडा नं ४ रहेको साबिक बुधसिंह गाविसबाट दुईपटक गाविस अध्यक्ष निर्वाचित भएका थिए ।

एमालेमा आबद्ध रहेर लामो समयसम्म पार्टीको जिम्मेवारी पूरा गरेका वडाध्यक्ष अधिकारीको निधनले स्तब्ध बनाएको पार्टीका जिल्ला अध्यक्ष नारायणप्रसाद खतिवडाले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय