हेटौंडा– उद्योग वाणिज्य संघ मकवानपुरको अध्यक्षमा कृष्णकुमार गुप्ता (अग्रवाल) विजयी भएका छन् ।

प्रतिद्वन्द्वी राजकुमार न्यौपानेलाई पराजित गरी गुप्ता अध्यक्ष बनेको संघले जनाएको छ ।

गुप्ताले एक हजार २४६ मत र न्यौपानेले एक हजार १५५ मत पाएका थिए । संघको ५४ र ५५औं साधारणसभा तथा अधिवेशनवाट गुप्ता तीनवर्षे कार्यकालका लागि अध्यक्ष चुनिएका हुन् ।

गुप्ताको प्यानलबाट वाणिज्यतर्फको उपाध्यक्ष पदमा अनिल अग्रवाल र उद्योगतर्फको उपाध्यक्ष पदमा प्रमोदसिंह रानाभाट चुनिएका छन् । त्यस्तै, वस्तुगत उपाध्यक्ष पदमा राजु अधिकारी र एसोसिएट उपाध्यक्षमा उज्ज्वल चौलागाईं निर्वाचित भएको संघले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय