काठमाडौं– चन्द्रागिरि हिल्सको साधारण सेयर १ लाख ३९ हजार ६०० जनाले १०–१० कित्ता र २ जनाले ११–११ कित्ताका दरले पाएका छन् । उक्त सेयरका लागि १२ लाख १६ हजार ९५३ जनाले आवेदन दिएका थिए ।

शुक्रबार उक्त कम्पनीको सेयर बाँडफाँट भएको निष्कासन तथा बिक्री प्रबन्ध ग्लोबल आइएमई क्यापिटलले जनाएको छ ।

कम्पनीले १३ लाख ९६ हजार २२ कित्ता सेयर सर्वसाधारणलाई बाँडफाँट गरेको हो । सेयर पाउनेमध्ये दुईजनाले ११–११ कित्ता पाएको ग्लोबल आइएमई क्यापिटलले जनाएको छ । गोलाप्रथाबाट १० कित्ताका दरले बाँडेर बाँकी रहेको २ कित्ता पनि गोलाप्रथाबाट दुईजनालाई बाँडफाँट गरेको कम्पनीले जनाएको छ ।

कुल आवेदनमध्ये ५ हजार ८३८ वटा आवेदन अस्वीकृत भएपछि १२ लाख ११ हजार ११५ आवेदनलाई समावेश गरी गोलाप्रथाबाट १०–१० कित्ता सेयर बाँडफाँट गरिएको हो ।

चन्द्रागिरिको सेयरका लागि अवेदन दिने १० लाख ७१ हजार ५१५ जनाको हात खालि भएको छ । कम्पनीले पुस २४ गतेदेखि प्रतिकित्ता एक सय अंकित मूल्यको १५ लाख ३४ हजार ९१ कित्ता सेयर बिक्रीमा राखेको थियो । सोको चार प्रतिशत कम्पनीका कर्मचारीलाई र ५ प्रतिशत सामूहिक लगानी कोषका लागि छुट्याइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय