काठमाडौं– सरकारले इन्धनको मूल्यमा गरेको वृद्धिप्रति विरोध जनाउँदै विप्लव नेतृत्वको माओवादीले नेपाल बन्द आह्वान गरेको छ ।

पार्टीले नेपाल आयल निगमले सबै किसिमका इन्धनको मूल्यवृद्धि गरेको भोलिपल्टै एक विज्ञप्ति जारी गर्दै नेपाल बन्द आह्वान गरेको हो ।

बिहीबार मूल्यवृद्धिविरुद्ध देशव्यापी प्रदर्शन गरेको पार्टीले २६ गते प्रचार प्रसार र साँझ मसाल जुलुस गर्ने जनाएको छ । त्यसैगरी २७ गते दिउँसो १ बजेदेखि २ बजेसम्म देशव्यापी विरोध प्रदर्शन गर्ने, १० बजेदेखि ११ बजेसम्म एक घन्टा चक्काजाम र २९ गते दिउँसो सिठ्ठी जुलुस तथा साँझ मसाल जुलुसको कार्यक्रम सार्वजनिक गरेको छ ।

३० गते नेपाल बन्द गरिने पार्टीको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय