काठमाडौं– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नियमित स्वास्थ्योपचारका लागि भैंसेपाटीस्थित मेडिसिटी अस्पताल भनाए भएका छन् ।

उनका स्वकीय सचिव रमेश मल्लले दौडधुपका कारण रक्तचाप बढेकाले उपचारका लागि मेडिसिटी जानुभएको जानकारी दिए । ‘डोल्पा र भोजपुरमा केही कार्यक्रममा सहभागी भएपछि उहाँको स्वास्थ्यमा सामान्य समस्या आयो,’ उनले भने, ‘त्यही भएर नियमित स्वास्थ्य परीक्षणका लागि अस्पताल जानुभएको हो ।’ स्वकीय सचिव मल्लका अनुसार प्रचण्ड उपचारपछि आजै साँझ घर फर्कने जानकारी दिएका छन् ।

प्रचण्ड पुत्री गंगा दाहालले पनि केही घन्टाको उपचारपछि उनी आजै घर फर्किने जनाएकी छिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय