काठमाडौं– रुसले कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनविरुद्ध खोप बनाउन थालेको छ । रुसको गामालेया राष्ट्रिय अनुसन्धान केन्द्रले कोरोना भाइरसको नयाँ भेरियन्ट अनुसारकै खोपको पनि नयाँ संस्करण बनाउन लागिएको जनाएको छ ।

केन्द्रका अधिकारीहरुले कोरोना भाइरसविरुद्ध प्रयोग भएको स्पुतनिक भीलाई नै संशोधन गरेर ओमिक्रोनविरुद्ध पनि काम गर्ने बनाउन लागिएको जानकारी दिएका छन् ।

उनीहरुले ओमिक्रोन विरुद्ध काम गर्ने खोपको विकास चाँडै नै हुने सक्ने विश्वास पनि व्यक्त गरेका छन् । ओमिक्रोनविरुद्ध काम गर्ने खोपको विकास भएपछि ४५ दिनमै आम नागरिकलाई खोप उपलब्ध गराइने उनीहरुले बताएका छन् । अन्तर्राष्ट्रिय बजारलाई समेत पुग्नेगरी खोप उत्पादन गर्न सकिने उनीहरुको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय