काठमाडौं– रक्षा मन्त्री मिनेन्द्र रिजालले मन्त्री पदबाट राजीनामा दिने भएका छन् । पार्टीको १४औं महाधिवेशनमा महामन्त्री पदको उम्मेदवार रहेका रिजाल मतगणनामा पराजयतर्फ अग्रसर रहेको बेला राजीनामा दिने बताएका हुन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्( नेपाली कांग्रेसको १४औं महाधिवेशनमा मैले प्रतिस्पर्धा गरेको महामन्त्री पदको प्रारम्भिक परिणामबाट नै स्पष्ट रूपमा प्राप्त सन्देशलाई दृष्टिगत गर्दै रक्षामन्त्रीको पदबाट राजीनामा दिने निर्णय लिएको छु। अन्तिम परिणाम प्राप्त हुनासाथ सम्माननीय प्रधानमन्त्रीसमक्ष राजीनामा पेस गर्नेछु।

महामन्त्री पदको मतगणना जारी रहेको छ । निर्वाचन समितिका अनुसार २१२० मतपत्र गन्दा गगन थापाले सर्वाधिक १३८५ मत पाएका छन् ।

यस्तै विश्वप्रकाश शर्माले ८५१ मत ल्याएका छन् भने प्रदिप पौडेलले ६२१ मत प्राप्त गरेका छन् । यस्तै प्रकाशशरण महतले ६९८ र मीनेन्द्र रिजालले ३६५ मत पाएका छन् । राजाराम कार्कीले ५९ मत ल्याएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय