काठमाडौं– पछिल्लो २४ घन्टामा नेपालमा ३८२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार सार्वजनिक गरेको बुलेटिनमा २० हजार ९५९ जनाको परीक्षण गर्दा ३८२ जनामा संक्रमण पुष्टि भएको उल्लेख छ ।

हाल नेपालमा चार हजार ९६९ जना सक्रिय संक्रमित छन् । पछिल्लो समय थप २५२ जना कोरोना संक्रमणमुक्त भएका छन् । यससँगै संक्रमण मुक्त हुनेको संख्या आठ लाख १२ हजार २१० पुगेको छ । यस्तै पछिल्लो २४ घन्टामा संक्रमणबाट कसैको पनि निधन भएको छैन ।

पाँच सयभन्दा बढी संक्रमित भएको जिल्ला काठमाडौं, ललितपुर र भक्तपुर छन् । दुई सयभन्दा बढी संक्रमित भएका जिल्लामा सुनसरी, कास्की, बाँके र कैलाली रहेका छन् ।

यस्तै शून्य संक्रमित भएका जिल्ला सोलुखुम्बु, रसुवा, मनाङ, मुस्ताङ, हुम्ला, मुगु र बाजुरा रहेका छन् ।

नेपालमा संक्रमणदर १७ प्रतिशत रहेको छ । हाल होम आइसोलेसनमा चार हजार ७२८, संस्थागत आइसोलेसनमा २४१ आइसियूमा ८९ र भेन्टिलेटरमा २७ जनाको उपचार हुँदैछ । त्यसैगरी पछिल्लो समय ५९ हजार ११२ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय