काठमाडौं– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अर्का नेता नारायणकाजी श्रेष्ठलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्यमा केही असहजता देखिएकाले शुक्रबार बेलुकी पिसिआर परीक्षण गर्दा प्रचण्डलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको उनका स्वकीय सचिव गंगा दाहालले जानकारी दिइन् । ‘उहाँको स्वास्थ्यमा केही असहजता देखिएकाले हिजो बेलुका पिसिआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको छ,’ उनले भनिन्, ‘अहिले उहाँ निवासमा बसेर स्वास्थ्य लाभ गरिरहनुभएको छ । उहाँको स्वास्थ्य अवस्था सामान्य रहको छ ।’

चिकित्सकको सल्लाहअनुसार आइसोलेसनमा बस्नुपर्ने भएकाले उनका पूर्वनिर्धारित सबै कार्यक्रम स्थगित गरिएको सचिवालयले जनाएको छ ।
यस्तै अर्का नेता श्रेष्ठलाई पनि शुक्रबार पिसिआर परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो ।

चिकित्सकको सल्लाहअनुसार नेता श्रेष्ठ १४ दिन आइसोलेसनमा बस्ने उनका स्वकीय सचिव सुरेशकाजी श्रेष्ठले जानकारी दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय