काठमाडौं– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र उनकी श्रीमती राधिका शाक्यलाई कोराना संक्रमण पुष्टि भएको छ ।

एमालेको केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालका अनुसार लक्षण देखिएपछि गरिएको परीक्षणमा अध्यक्ष ओलीलाई संक्रमण पुष्टि भएको र हाल उनी बालकोटस्थित निवासमा आइसोलेसनमा बसिरहेका छन् ।

आसन्न स्थानीय तहको निर्वाचनलगायत विषयमा आइतबार अध्यक्ष ओलीले पत्रकार सम्मेलन आयोजना गरेको कार्यक्रम स्थगन भएको छ भने पार्टीको धारणा प्रेस विज्ञप्तिमार्फत सार्वजनिक गरिने जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय