काठमाडौं– पछिल्लो २४ घन्टामा नेपालमा १० हजारभन्दा बढी व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यस अवधिमा २१ हजार २०१ जनाको नमूना परीक्षण गर्दा १० हजार ३१९ नमूनामा कोरोना संक्रमण देखिएको हो ।

मन्त्रालयका अनुसार यो २४ घन्टामा २५४० जना संक्रमणमुक्त भएका छन् । यस अवधिमा चारजना संक्रमितले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो तथ्यांकसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख १८ हजार ४४८ पुगेको छ । मृत्यु संख्या ११ हजार ६५९ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय