काठमाडौं– योग तथा प्राकृतिक चिकित्सक संघको १२ औं साधारणसभा सम्पन्न भएको छ । साधारणसभा शनिबार संस्थाका केन्द्रीय अध्यक्ष डा. जनक बस्नेतको अध्यक्षतामा संस्थाको केन्द्रीय कार्यालय बाँसबारीमा सम्पन्न भएको हो ।

कार्यक्रममा संस्थाका केन्द्रीय प्रतिनिधिहरूले आ–आफ्नो धारणा राखेका थिए । संस्थाका महासचिव डा. रबिनलाल श्रेष्ठले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गरेको संघले जनाएको छ । संस्थाका कोषाध्यक्ष डा. पुकार लोहनीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा संस्थाका उपाध्यक्ष डा. यन्जन गैह्रेले स्वागत मन्तव्य राखेका थिए ।

यसैगरी योग र प्राकृतिक चिकित्साको भविष्य र आवश्यकताबारे डा. हेमराज कोइरालाले प्रकाश पारेका थिए । साधारणसभामा संस्थाका पदाधिकारी, सदस्यहरू र योग तथा प्राकृतिक चिकित्सा क्षेत्रका चिकित्सकहरुको उपस्थिति रहेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय