काठमाडौं– रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्ना सैनिकलाई युक्रेनको डोन्बास क्षेत्रमा विशेष कारवाही गर्न निर्देशन दिएका छन् । पुटिनको आदेश लगत्तै युक्रेनको राजधानी किभमा विस्फोट भएको खबर आएको छ ।

यसै साताको सुरुमा पुटिनले युक्रेनबाट अलग्गिएको घोषणा गरेका डोनेट्स्क र जुगास्क गणतन्त्रलाई छुट्टै राज्यको मान्यता दिएका थिए । युक्रेनी सेनाको हिंसा बढेपछि उनले ती दुई क्षेत्रलाई छुट्टै राज्यको मान्यता दिएका थिए ।

पुटिनले डोन्बास क्षेत्रको सैन्य कारवाहीलाई संसदीय समर्थन रहने अपेक्षा पनि गरेका छन् । पुटिनले पूर्वी युक्रोनमा रहेका युक्रेनी सैनिकलाई हतियार बिसाएर आफ्नो घर फर्किन भनेका छन् ।

पुटिनले कारबाहीको आदेश दिएलगत्तै युक्रेनको राजधानी किभमा विस्फोटका आवाजहरु सुनिएको समाचार संस्थाहरुले जनाएका छन् ।

युक्रेनमा सैन्य कारबाहीको आदेश पुटिनले लिए लगत्तै अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसले त्यसबापत अझै ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन् । अमेरिका र उसका सहयोगीले रुसमाथि अहिले नै विभिन्न प्रतिबन्धहरु लगाएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय