काठमाडौं– बलात्कार आरोप लागेका नेकपा एमाले सांसद मोहन बानियाँ निलम्बित भएका छन । प्रतिनिधिसभाको
आइतबारको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले बानियाँको सांसद पद निलम्बनमा परेको जानकारी दिएका हुन् ।
बलात्कार आरोप लागेका मुगुका सांसद बानियाँलाई नेपालगन्ज विमानस्थलबाट प्रहरीले पक्राउ गरेको थियो । उनलाई अदालतबाट म्याद थप गरी अनुसन्धानका लागि हिरासतमा राखिएको छ ।
एकजना ४० वर्षीया महिलाले बानियाँले आफूलाई माघ १९ गते नेपालगन्जस्थित अप्सरा होटलमा जबर्जस्ती करणी गरेको भन्दै प्रहरमिा जाहेरी दिएकी थिइन् । ती महिलाले बानियाँविरुद्ध माघ २७ गते नै जिल्ला प्रहरी कार्यालय बाँकेमा उजुरी दिएकी थिइन् ।









