काठमाडौं– नेपाल निर्माण व्यवसायी महासंघ (एफक्यान)को अध्यक्षमा रवि सिंह पुनः निर्वाचित भएका छन् । अध्यक्षमा सिंह निकोलस पाण्डे र हुमनाथ कोइरालाबीच प्रतिस्पर्धा भएको थियो ।

सिंह ७ सय ६५ मतका साथ अध्यक्ष निर्वाचित भएका हुन् । निर्वाचनमा ११८५ मत खसेको थियो । अर्का प्रतिस्पर्धी पाण्डेले ३ सय ३७ मत र कोइरालाले ३२ मत पाएको महासंघले जनाएको छ ।

वरिष्ठ उपाध्यक्ष र महासचिवमा पनि सिंह प्यानलकै उम्मेदवार निर्वाचित भएका छन् । वरिष्ठ उपाध्यक्षमा आङदोर्जी लामा र महासचिवमा रोशन दाहाल निर्वाचित सिंह प्यानलबाट निर्वाचित भए ।

एसोसिएट उपाध्यक्षमा रामजी पन्त (मुकेस) निर्वाचित भए । प्रदेश उपाध्यक्षमा १ बाट मोहनप्रसाद अधिकारी, २ बाट शम्भु ठाकुर, बागमतीबाट बालकृष्ण थापा, लुम्बिनीबाट टोपबहादुर रायमाझी र गण्डकीबाट खेमराज मल्ल, कर्णालीबाट रत्नबहादुर खड्का र सुदूर पश्चिमबाट प्रकाश सेठी चुनिएका छन् ।

उपमहासचिवमा नीतिगततर्फ शिवहरि घिमिरे र आन्तरिकतर्फ नरहरि थपलिया निर्वाचित भएका छन् । कोषाध्यक्षमा हिरणकुमार श्रेष्ठ र सहकोषाधइषमा सन्तोष शाह चुनिएका छन् ।

महासंघको ५९ सदस्यीय कार्यसमितिमध्ये अध्यक्ष, वरिष्ठ उपाधयक्ष, एसोसिएट र प्रदेश गरी ८ उपाध्यक्ष, महासचिव, २ उपमहासचिव, कोषाध्यक्ष, सहकोषाध्यक्ष र कार्यसमिति सदस्य गरी ४६ पदमा निर्वाचन भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय