काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १५ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाउने भएको छ ।
मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार देशभरि नै १५ महिनादेखि १५ वर्षमुनिका बालकालिकालाई आगामी चैत २५ देखि वैशाख १८ गतेसम्म टाइफाइडविरुद्धको खोप लगाइने भएको हो ।
मन्त्रालयले अभिभावकलाई नजिकैको खोप केन्द्रमा गई सो खोप लगाउन आग्रह गरेको छ । उक्त अभियानमा बालबालिकालाई एक मात्रा टाइफाइडविरुद्धको खोप प्रदान गरिनेछ । उक्त अभियानपछि नियमित खोप कार्यक्रममा टाइफाइड खोप पनि समावेश गर्ने उनले जानकारी दिए ।









