चितवन– नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी स्थानीय तहको निर्वाचनमा महानगर र उपमहानगरपालिकामा सत्ता साझेदार दलका बीचमा केन्द्र तहबाट नै तालमेल हुने बताएका छन् । आज यहाँ पत्रकारहरुसँग कुराकानी गर्दै उनले चुनावी तालमेल सत्ता साझेदार दलहरुबीचमै हुने जानकारी दिए ।

‘महानगर र उपमहानगर पालिकालाई केन्द्रबाटै तालमेल गर्ने भन्ने छलफल चलेको छ । बिहीबार बस्ने गठबन्धनको बैठकबाट केही न केही निर्णयमा पुग्छौं,’
उनले भने, ‘कांग्रेस केन्द्रीय समितिको बैठकले निर्णय गरेपछि गठबन्धनका बीचमा आवश्यकता अनुसार तालमेल हुने कुरामा प्रस्ट भएको छ ।’

भरतपुर महानगरमा आफूहरुको दाबी रहेको जनाउँदै पूर्वप्रधानमन्त्री दाहालले माओवादी केन्द्र शक्ति सुदृढ गर्ने र आवश्यकता अनुसार तालमेल पनि गर्नेमा अघि बढेको बताए । सबै राजनीतिक दलहरु आ–आफ्नो तवरले निर्वाचनको तयारीमा लागेको जनाउँदै उनले निर्वाचन हुने कुरा सुनिश्चित भइसकेको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय