प्योङयाङ– उत्तर कोरियामा एकजनामा कोभिड १९ को संक्रमण भेटिएको त्यहाँको सरकारी समाचार समिति, कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसिएनए)ले जानकारी दिएको छ । सो समाचार समितिले दुई वर्षपछि पहिलोपटक एकजनामा यो संक्रमण पाइएको जानकरी दिएको हो ।

सो समाचार समितिका अनुसार राजधानी प्योङयाङका केही बिरामीमा गरिएको परीक्षणबाट एकजनामा यो संक्रमण पाइएको हो ।

त्यहाँ पाइएको संक्रमण कोभिडको ओमिक्रोन भर्सन भएको पनि पाइएको समाचारमा जनाइएको छ । यो संक्रमण पाइएपछि यहाँको सरकारले यसलाई राष्ट्रिय संकटको अवस्था भनेको केसिएनएले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय