मुस्ताङ– मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । सो गाउँपालिकामा एमालेका रिङजिन नाम्गेल गुरुङ ८ सय ७६ मत ल्याएर निर्वाचित भएका हुन् ।
उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका आङ्जेन गुरुङले ५ सय ७७ मत पाएका छन् । उपाध्यक्षमा पनि नेकपा एमालेकै ढिकी गुरुङ निर्वाचित भएकी छिन् । उनको प्रतिस्पर्धा नेपाली कांग्रेसकी धेच आङ्मो गुरुङसँग भएको थियो ।
ढिकीले ७ सय ४९ र आङ्मोले ६ सय ७७ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।









