काठमाडौं– उम्मेदवारको निधनका कारण गत वैशाख ३० गते स्थगन भएका विभिन्न मतदानस्थलमा आज मतदान भइरहेको छ ।

निर्वाचन आयोगका अनुसार आज कपिलवस्तुको महाराजगञ्ज नगरपालिकाका सबै मतदानस्थल, दाङको तुलसीपुर उपमहानगरपालिकाको वडा नं १७, सिरहाको गोलबजार नगरपालिका–११ र सर्लाहीको बरथहवा नगरपालिका–१७ मा मतदान भइरहेको छ ।

राजनीतिक दल र उम्मेदवार र अन्य पक्षको विवादका कारण स्थगन भएका १७ जिल्ला, २८ स्थानीय तहका ४४ मतदानस्थलका ८५ मतदान केन्द्रमध्ये निर्वाचनको नयाँ मिति तोकिने र निर्वाचन हुने क्रम जारी रहेको छ ।

त्यसरी रोकिएकामध्ये काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका वडा नं १३ को श्रीराम मावि मतदानस्थलका दुई मतदान केन्द्र, अछामको पञ्चदेवल विनायक नगरपालिका वडा नं ५ को नवज्योति माविका दुई मतदान केन्द्र, धनकुटाको सहिदभूमि गाउँपालिकाको ठाकुरदेवी माविको तीन मतदान केन्द्र, कञ्चनपुरको पुनर्वास नगरपालिका–१० को विजय माविको एक मतदान केन्द्र, बाजुराको बूढीनन्दा नगरपालिकाको पिस क्रियटिभ एकेडेमीस्थित एक मतदान केन्द्रमा आज मतदान जारी छ ।

स्थगन भएकामध्ये जेठ १ गते ७ र २ गते १३ मतदान केन्द्रमा शान्तिपूर्णरुपमा मतदान सम्पन्न भएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय