काठमाडौं– मतगणना जारी रहेका काठमाडौं महानगरका वडाहरुमध्ये वडा नम्बर १२ मा मात्र बालेन कमजोर देखिएका छन् । यो वडामा प्रतिस्पर्धीको तुलनामा बालेनको मत आधाभन्दा पनि कम छ । वडा नम्बर १२ मा अहिलेसम्म एमालेका केशव स्थापितले २५५, कांग्रेसकी सिर्जना सिंहले १९६ मत ल्याउँदा बालेनको ९६ मत मात्र छ ।

मतगणना जारी रहेका ८ वडामध्ये ४ वटा वडामा बोलन अगाडि छन् । अहिले ९, १०, ११, १२, २३, २४, २५ र २६ वडाको मतगणना भइरहेको छ । अहिले मतगणना भइरहेकामध्ये ९, १० र २६ मा बालेन फराकिलो मत अन्तरले अगाडि छन् ।

वडा नम्बर ९ मा बालेनले १६२७ मत प्राप्त गर्दा स्थापितले ६५५ र सिंहले ५२३ मत पाएकी छिन् । १० मा अहिलेसम्ममा बालेनले ११४९, स्थापितले ६९७ र सिंहले ४६९ मत पाएकी छिन् । फराकिलो मतान्तर रहेको वडा नम्बर २६ मा बालेनले १२९८ मत ल्याउँदा स्थापितले ७६३ र सिंहले ७४९ पाएकी छिन् । वडा नम्बर ११ मा पनि बालेन अगाडि छन् तर मतान्तर फराकिलो छैन । यो वडामा बालेनले ५७२, स्थापितले ५४८ र सिंहले ३५१ मत पाएका छन् ।

२३ मा पनि बालेन सबैभन्दा पछाडि छन् । यो वडामा बालेनले १०९, स्थापितले १२७ र सिंहले १७० मत पाएका छन् । २४ वडामा पनि बालेन पछाडि नै छन् । यो वडामा बालेनले ४२३ मत पाएका छन् भने स्थापितले ५२३ र सिंहले ६६४ मत पाएका छन् । २५ मा बालेनले ५४७, स्थपितले ५३१ र सिंहले ७४४ मत पाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय