नयाँ दिल्ली– भारतमा कोरोना भाइरसबाट थप १२ हजार ८९९ जना संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा भएको कोरोना संक्रमणको यो तथ्यांक तीन महिनापछिको धेरै हो ।

भारतमा गत बुधबारबाट संक्रमितको संख्या १२ हजार नाघेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले आइतबार जानकारी दिएको छ ।

यसै वर्षको फेब्रुअरीको २६ मा भारतमा ११ हजार ४९९ कोभिड–१९ संक्रमित थपिएका थिए । भारतमा शनिबार १२ हजार ८९९ जना कोरोना संक्रमित थपिएपछि भारतमा सन् २०२० को मार्चबाट शुरु भएको कोरोना संक्रमितको कुल संख्या चार करोड ३२ लाख ९६ हजार ६९२ पुगेको छ ।

यसमध्ये ७२ हजार ४७४ सक्रिय संक्रमित रहेका समाचारमा जनाइएको छ । सक्रिय संक्रमितको यो संख्या कुल संक्रमितको ०.१७ प्रतिशत हो ।

पछिल्लो एक दिनमा ८ हजार ५१८ कोरोना भाइरसबाट संक्रमणमुक्त भएका छन् । योसँगै भारतमा अहिलेसम्म संक्रमणमुक्त भएकाको कुल संख्या चार करोड २६ लाख ९९ हजार ३६३ पुगेको छ । कोरोना भाइरस निको भएको यो दर ९८.६२ प्रतिशत रहेको छ ।

कोरोना महामारीबाट बिहीबार भारतमा १५ जनाको मृत्यु भएको छ । यसैसँगै कोरोना सुरु भएबाट हालसम्म यस महामाहरीको कारण पाँच लाख २४ हजार ८३० भन्दा बढीको मृत्यु भएको समाचारमा जनाइएको छ ।

भारतमा सन् २०२१ को जनवरीबाट कोरोना भाइरसविरुद्ध खोप अभियान सुरु भएको थियो । सो समयदेखि हालसम्म १ अर्ब ९६ करोड १४ लाख डोज खोप लगाइएको समाचारमा जनाइएको छ । भारतमा शनिबार ४ लाख ४६ हजार ३८७ जनाको कोरोना परीक्षण भएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय