काठमाडौं– नेकपा एमालेका नेता वामदेव गौतमले नयाँ पार्टी घोषणा गरेका छन् । उनले रिपोर्टर्स क्लबमा कार्यक्रम आयोजना गरी उनले ‘नेकपा एकता राष्ट्रिय अभियान’ नामको पार्टी घोषणा गरेका छन् ।

उक्त पार्टीमा ७५ जना केन्द्रीय सदस्य छन् । पार्टी संयोजक गौतम आफैं छन् भने सचिवमा डबी कार्की छन् । उक्त पार्टीमा बामदेवकी श्रीमती तुलसा थापा र छोरा हरिशदेव केन्द्रीय सदस्य छन् । उनले अबका तीन महिनामा कम्युनिस्टहरूलाई एक ठाउँमा ल्याउन पहल गर्ने बताएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय