दैलेख– परीक्षा हलभित्रै टिकटक भिडियो खिचेर सामाजिक सञ्जालमा राख्ने दैलेखमा एकजना विद्यार्थीको परीक्षा रद्द भएको छ ।

परीक्षाको मर्यादा विपरीत परीक्षा समयमा भए, गरेका क्रियाकलापलाई टिकटक बनाएर सामाजिक सञ्जालमा राखेकोले रोशनकुमार शाहीको परीक्षा रद्द गरिएको हो ।

आठबीस नगरपालिका–६ सिंहासैनको कालिका माध्यमिक विद्यालयका छात्र शाहीको परीक्षा राष्ट्रिय परीक्षा बोर्डले रद्द गरेको हो । २०७७ मंसिरमा सञ्चालित कक्षा १२ को परीक्षामा सहभागी छात्र शाहीले परीक्षाको समयमा भएका कामको टिकटक बनाइ सामाजिक सञ्जालमा राखेकाले परीक्षा रद्द गरिएको बोर्डद्वारा जारी सूचनामा उल्लेख छ ।

त्यसैगरी, टिकटकको विषयलाई लिएर विद्यालयमा निरीक्षकको रुपमा खटिएका शिक्षक कमलबहादुर शाही र केन्द्राध्यक्ष चक्रबहादुर शाहीलाई समेत परीक्षा बोर्डले तीन वर्षसम्म कुनै पनि परीक्षामा सहभागी हुन नपाउने गरी विभागीय कारवाही गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई सिफारिस गरेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय